युक्रेनको मारिओपोलमा फसेका नागरिकको उद्धारमा समस्या

 चैत ६, २०७८ आइतबार १०:४२:२६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी सेनाले आक्रमण गरिरहेको युक्रेनको मारिओपोल सहरमा फसेका नागरिकको उद्धारमा समस्या भएको छ ।

मारिओपोलमा झन्डै तीन लाख मानिस फसेका छन् । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको तर रुसी सेनाको अवरोध गरेको युक्रेनको आरोप छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले निरन्तर आक्रमण गरेको र नागरिकलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताउनुभएको छ । तर रुसले भने आरोपलाई अस्वीकार गरेको छ ।

दुई हप्तादेखि नै मारिओपोल सहर रुसी सैनिकको घेरामा छ । रुसको आक्रमणका कारण मारिओपोल सहरको ८० प्रतिशत आवासीय संरचना क्षतिग्रस्त भएका छन् । त्यहाँ खाद्यान्न, पानी तथा औषधिसहित अत्यावश्यक सेवाको अभाव भएको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया