रुस–युक्रेन युद्धले भारतको अर्थतन्त्रमा पनि समस्या

 चैत ६, २०७८ आइतबार १५:३:२५ | एजेन्सी
unn.prixa.net

भारतकाे न्यु दिल्लीकाे इन्डिया गेट

रुस–युक्रेन युद्धले भारतको अर्थतन्त्र पनि समस्यामा परेको छ । कोरोना महामारीका कारण आर्थिक वर्ष २०२१/०२२ मा ६ दशमलव ६ प्रतिशतले घटेको भारतीय अर्थतन्त्र यो वर्ष नौ दशमलव दुई प्रतिशतले बढ्ने अनुमान थियो । तर भारतमा पेट्रोलियम पदार्थ र कृषि सामग्री आपूर्ति गर्ने देशहरू रुस र युक्रेनबीच युद्ध हुँदा अर्थतन्त्रको वृद्धि दर कम हुने सम्भावना बढेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

रुस–युक्रेन युद्धका कारण भारतमा खाने तेल र पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्धनको भाउ बढ्दा त्यसको असरले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको छ । प्रतिदिन ५५ लाख ब्यारेलसम्म पेट्रोलियम पदार्थ खपत गर्ने भारत विश्वको तेस्रो ठूलो उपभोक्ता हो । इन्धनको मूल्य वृद्धिले भारतमा पूर्वाधारका कामसँगै आर्थिक पुनरोत्थान प्रभावित भएको छ । 

भारतले आयात गर्ने सूर्यमुखी तेलको ९० प्रतिशत रुस र युक्रेनबाट आयात हुन्छ । अहिले भारतमा खाने तेलको भाउ बढेको छ । यस्तै डीएपी मल बनाउन प्रयोग हुने पोटास आपूर्ति गर्ने रुस युद्धमा होमिँदा भारतमा डीएपी मलको अभाव सुरु भएको र यसले भारतमा समग्र कृषि उत्पादनमा समस्या हुने स्वतन्त्र कृषि नीति विश्लेषक इन्द्रशेखर सिंहलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । 

कोरोना महामारीबाट पीडित अर्थतन्त्र सुधार हुनै लाग्दा सुरु भएको रुस–युक्रेन युद्धले भारतीय जनसङ्ख्याको ठूलो हिस्सा घट्दो आम्दानी र बढ्दो जीवन लागतको सामना गर्न बाध्य भएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया