नेप्सेमा सूचीकृत कम्पनीलाई चार समूहमा वर्गीकरण, कुन कम्पनी कुन वर्गमा परे ? (तालिकासहित)

 चैत ६, २०७८ आइतबार १६:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूले पेस गरेको विवरणका आधारमा कम्पनीहरूलाई चार वटा वर्गमा विभाजित गरिएको छ । ए, बी, जी र जेड गरी चार वटा समूहमा कम्पनीहरूको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूले गएको माघ ८ गतेदेखि फागुन २३ गतेसम्म दिएको विवरणअनुसार वर्गीकरण गरिएको र वर्गीकरणमा चित्त नबुझेमा ३५ दिनभित्र कारणसहित आवेदन दिन नेप्सेले आग्रह गरेको छ ।

'ए' समूहमा समूहमा २५ वटा वाणिज्य बैंक, चार वटा विकास बैंक, दुई वटा फाइनान्स कम्पनी, एक लघुवित्त संस्था र तीन वटा जलविद्युत् कम्पनी र एउटा उत्पादन तथा प्रशाेधन कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् । 

यस्तै 'बी' समूहमा दुई वटा फाइनान्स कम्पनी, चार वटा लघुवित्त, दुई वटा जलविद्युत् कम्पनी र एउटा लगानी कम्पनी गरी नौ वटा कम्पनी परेका छन् । 

यस्तै समूह 'जी' मा आठ वटा लघुवित्त संस्था, पाँच वटा जीवन बीमा कम्पनी, तीन वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत् कम्पनी, चार वटा लगानी कम्पनी तथा अन्य होटेल तथा पर्यटन समूहका एउटा कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् । 

नेप्सेको समूह 'जेड' मा एक सय ४८ वटा कम्पनी रहेका छन् । नेप्सेले वर्गीकरण गरेका कम्पनीको विवरण यस्तो छ–

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया