रुसी आक्रमणपछि युक्रेनका झन्डै १ करोड मानिस घर छाडेर भाग्न बाध्य

 चैत ६, २०७८ आइतबार २०:३:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले आक्रमण सुरु गरेपछि युक्रेनमा झन्डै एक करोड जना मानिसले आफ्नो घर छाडेर भागेका छन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताउनुभएको हो ।

यो सङ्ख्या युक्रेनको कुल जनसङ्ख्याको एक चौथाइभन्दा बढी हो । घर छाडेर भागेकामध्ये झन्डै ३४ लाख जना मानिस देशै छाडेर भागेका संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले जनाएको छ । बाँकी देशभित्रै विस्थापित भएका छन् । देश छाडेर भाग्नेमध्ये झन्डै ९० प्रतिशत महिला तथा बालबालिका रहेका छन् । युक्रेनले १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने देश छाडेर भाग्ने अनुमति दिएको छैन ।

यसैबीच रुसले कब्जा गरेको युक्रेनी सहरहरू खेअर्सन, काखोभका र बर्दियान्स्कका बासिन्दाले आज विरोध प्रदर्शन गरेका छन् । युक्रेनको झन्डासहित हामी युक्रेनी हौँ भन्दै प्रदर्शन गर्ने नागरिकमाथि रुसी सेनाले अवरोध नगरेको बीबीसीले जनाएको छ । जुलुसहरू शान्तिपूर्ण देखिएका छन् ।    

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले अपोजिशन प्लाटफर्म–फर लाइफ सहितका रुस समर्थित ११ दलका गतिविधिमा प्रतिबन्धको घोषणा गर्नुभएको हो । अपोजिशन प्लाटफर्म–फर लाइफले युक्रेनी संसदमा पनि प्रतिनिधित्व गरेको छ । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताउनुभएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया