आउँदो वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता : अर्थमन्त्री शर्मा

 चैत ७, २०७८ सोमबार १४:१३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । रुकुममा आज साेमवार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आउँदो वर्षको बजेट तयार गर्न केन्द्रित रहेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिनुभयो । 

अबको बजेट कृषि उत्पादनको आयात घटाउँदै निर्यात बढाउने गरी तयार हुने अर्थमन्त्री शर्माको भनाइ छ । कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै उहाँले आउँदो आर्थिक वर्षदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताउनुभयो । 

यस्तै मन्त्री शर्माले अब सरकारको लक्ष्य प्रमुख सहर र ग्रामीण क्षेत्रको सडक दुरी घटाउनेमा केन्द्रित हुने बताउनुभयो । यसो गर्दा उत्पादनलाई बजारमा लैजान सजिलो र सस्तो हुने उहाँको भनाइ छ । 

यसैबीच अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थ, खाने तेल, सुनचाँदी लगायतको भाउ बढेकोले नेपालमा पनि मूल्य वृद्धि भएको भन्दै मन्त्री शर्माले मूल्य वृद्धि केही बढेको भए पनि असहज अवस्थामा नपुगेको बताउनुभयो । उहाँले तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख हुने र शोधनान्तर घाटा विस्तारै सुधार भइरहेको दाबी गर्नुभयो । 

यसैबीच मन्त्री शर्माले सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया