८ महिनामै १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात, बन्यो 'रेकर्ड', १३ खर्ब रुपैयाँको आयात

 चैत ७, २०७८ सोमबार १६:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले निर्यात व्यापारमा नयाँ कीर्तिमान (रेकर्ड) बनाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।  

भन्सार विभागका अनुसार नेपालले एउटै आर्थिक वर्षमा एक खर्ब रुपैयाँको निर्यात गर्न नसकेको अवस्थामा गएको आर्थिक वर्ष एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । यो वर्ष भने नेपालले आठ महिनामै एक खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात गर्न सफल भएको विभागले जनाएकाे छ । यो आर्थिक वर्ष नेपालले दुई खर्ब रुपैयाँको वस्तु निर्यात गर्ने सम्भावना बढेको छ । 

नेपालले आठ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको हाे भने झन्डै २६ अर्ब रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै तीन अर्ब ६१ करोड रुपैयाँको सूर्यमुखीको तेल निर्यात भएको छ । यी वस्तुका कच्चा पदार्थ भित्राएर नेपालले प्रशोधनपछि विदेश पठाउँदै आएको छ । 

यस्तै आठ महिनामा नेपालले १३ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको आठ महिनाको तुलनामा ३८ दशमलव ६४ प्रतिशतले धेरै हो । 

आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो गएकाे वर्षको आठ महिनाको तुलनामा ३४ दशमलव ५० प्रतिशतले धेरै हो । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया