विदेशबाट ८ महिनामै झन्डै ५७ अर्बको खाद्यान्न भित्रियो, तरकारी किन्न साढे २६ अर्ब रुपैयाँ बाहिरियो

 चैत ७, २०७८ सोमबार १६:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आठ महिनामा नेपालले ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार आठ महिनामा नेपालले विभिन्न देशबाट ५६ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न भित्राएको हो । 

यस्तै २० अर्ब १३ करोड रुपैयाँको खाद्य उद्योगका लागि चाहिने कच्चा पदार्थ भित्रिएको छ । आठ महिनामा ९५ अर्ब रुपैयाँको घिउ–तेल र पशुपक्षीजन्य वस्तु, २६ अर्ब ७३ करोड रुपैयाँको तरकारी, १६ अर्ब ३१ करोड रुपैयाँको फलफूल, ६ अर्ब रुपैयाँको चिया–कफी र ६ अर्ब रुपैयाँको चिनी र चकलेट आयात भएको छ । 

यस्तै आठ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ, एक खर्ब रुपैयाँका मेशिन, ८६ अर्ब रुपैयाँका विद्युतीय सामग्री, ७५ अर्ब ९५ करोड रुपैयाँका गाडी, ५२ अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १२ अर्ब ७४ करोड रुपैयाँको बिउविजन लगायतका वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया