बाग्लुङको बलेवामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय

 चैत ७, २०७८ सोमबार २०:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो दुई सय ८९ औँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्शन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जित गरिएको हो । 

आज सोमवार बाग्लुङ नगरपालिका १४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, नगरपालिकाका मेयर जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभयो । यस्तै एटीएम काउन्टरको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीनाथ मैनालीले गर्नुभएको छ ।

बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमईले देशका विभिन्न क्षेत्रमा आफ्नो सेवा विस्तार गरी नागरिकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बताउनुभयो । 

ग्लोबल आईएमई बाग्लुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसका साथै बैंकले मधेस प्रदेशको पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका १५ बाइपास रोडमा पनि हिजो आइतवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया