ग्लोबल आईएमई बैंकको नयाँ शाखा कार्यालय बाग्लुङको बलेवामा

 चैत ८, २०७८ मंगलबार ११:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बाग्लुङको बलेवामा आफ्नो २८९औंँ शाखा कार्यालयको उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । 

हिजाे बाग्लुङको बाग्लुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा आयाेजित एक कार्यक्रमबीच कार्यालयकाे उद्घाटन गरिएकाे हाे । 

बाग्लुङ क्षेत्र नम्बर १ का सङ्घीय सांसद डा. सूर्य पाठक, बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बाग्लुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्लाप्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नु भएकाे हाे । यस्तै, एटीएम काउण्टरको बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गर्नुभएको छ ।

ग्लोबल आईएमई बैंक बाग्लुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले त्यही क्षेत्रका ग्राहकलाई छिटो, छरितो तथा सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत सुरू गरेको छ ।

यसका साथै, बैंकले पर्साकाे वीरगञ्ज महानगरपालिका-१५, बाइपास रोडमा पनि अस्तिदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया