कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी त्यागेको घोषणा

 चैत ८, २०७८ मंगलबार ११:३५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गर्नुभएको हो।

सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ : ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु।’

लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकाङ्क्षी शर्माले प्रदेश कमिटीमा नपरेपछि असन्तुष्टि जनाउनु भएको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया