रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

 चैत ८, २०७८ मंगलबार १२:३०:४१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गर्नुभएको छ ।

बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताउनुभएको बीबीसीले जनाएको छ ।

बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उहाँले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताउनुभयो । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको प्रयत्न गर्ने उहाँले बताउनुभयो ।

यसैबीच रुसी सेनाले आफ्नो हवाई क्षेत्रमा उपस्थिति बढाएको युक्रेनको वायु सेनाले बताएको छ । युक्रेनी सेनाले विज्ञप्ति निकालेर युक्रेनको आकाशमा मानवरहित हवाई यानका साथै बमबर्षक र लडाकु विमानकाे सङ्ख्या बढेकाेले जुनसुकै बेला बस्तीहरुमा बमवारी हुनसक्ने भन्दै सचेत रहन अपिल गरेको छ। 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया