स्थानीय नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्किँदा ८ जनाको ज्यान गयो

 चैत ८, २०७८ मंगलबार १९:३२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा स्थानीत नेताकाे हत्यापछि हिंसा भड्किँदा थप आठ जनाकाे ज्यान गएको छ । 

बागटुई गाउँमा हिजाे साेमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको नचिनेका मानिसको समूहले बम प्रहार गरेर हत्या गरेका थिए । यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । 

हिजाे राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ । एकै घरबाट सात जनाको शव जलेको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गलाका प्रहरी डीजीपी मनोज मालवीयले गाउँमा निकै लोकप्रिय मानिएका नेता भादु शेखको हत्यापछि उनी समर्थकले विपक्षी पार्टीका समर्थकको घरमा आगजनी गरेको बताउनुभएको छ । 

घटनापछि पश्चिम बङ्गालको विपक्षी दल भारतीय जनता पार्टीले राज्यमा कानुनी व्यवस्था ध्वस्त बनाएको भन्दै मुख्यमन्त्री ममता बेनर्जीको राजीनामा माग गरेको छ । घटनाको जाँचका लागि राज्य सरकारले विशेष कार्यदल गठन गरेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया