ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज पनि बन्द

 चैत ९, २०७८ बुधबार १२:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ललितपुरको सातदोबाटो–चापागाउँ सडक आज दोस्रो दिन पनि बन्द छ । सडक मर्मत नगरेको भन्दै स्थानीयबासिन्दाले हिजोदेखि सडक बन्द गरेका हुन् ।

ठेकेदारले सडक मर्मत नगरेसम्म अवरोध कायमै राख्ने उनीहरुको अडान छ । धुलोले हैरान बनाएको भन्दै स्थानीयबासिन्दाले सडक नै बन्द गरेर विरोध गरेका छन् । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो ।

एक वर्ष अगाडि यो सडक पीच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या छ । गएको मंसिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाअध्यक्ष महर्जन बताउनुहुन्छ ।

सातदोबाटो–चापागाउँ चल्ने गाडी धापाखेल–सातदोबाटो हुँदै चल्ने गरेका छन् ।
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया