युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसका पत्रकार दिमीत्रीले मेडल लिलामीमा राख्ने

 चैत ९, २०७८ बुधबार १३:५:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

रुस र युक्रेनबीच युद्धका क्रममा अरुको देशमा शरण लिन पुगेका युक्रेनी शरणार्थीका लागि रुसकै पत्रकार दिमीत्री मुरातोभले सहयोगको घोषणा गरेका छन् । पत्रकार मुरातोभले आफूले पाएको नोवल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्ने घोषणा गर्दै लिलामीबाट उठेको रकम युक्रेनी शरणार्थीका लागि उपलब्ध गराउने बताएका हुन् ।

नोभाया ग्याजेट पत्रिका मार्फत आफ्नो इच्छा प्रकट गर्दै उनले आफूले पाएको मेडल थन्काएर राख्नु भन्दा युद्धको मारमा परेका शरणार्थीका लागि आर्थिक सहयोग गर्न चाहेको सार्वजनिक गरेका हुन् । रसियाली पत्रकार दिमीत्री मुरातोभले सन् २०२१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया