अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द

 चैत १०, २०७८ बिहिबार ६:३८:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ ।

चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गर्नुभएको छ ।

निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन् ।

दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको थियो । तर तालिबान सरकार निर्णयबाट पछि हटेकोमा संयुक्त राष्ट्र सङ्घले आपत्ति जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया