‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो ।
बर्ड फ्लुका कारण ६ जिल्लामा गरी तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । प्रदेशमा माघ १६ गतेदेखि सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमण देखिएका ठाउँमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमुना सङ्कलन र निगरानी भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँले किसानलाई सतर्क रहन आग्रह गर्नुभएको छ । साथै क्षति बेहोरेका किसानलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
वाग्मतीका ६ जिल्ला बाहेक मोरङ, सुनसरी, उदयपुर, कास्की, पर्सालगायतका जिल्लामा पनि बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।
विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।