रुस–युक्रेन युद्धको एक महिना : सडकमा उत्रिएर आफ्नो पक्षमा समर्थन जनाउन जेलेन्स्कीको आग्रह

 चैत १०, २०७८ बिहिबार ९:२२:२३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनमा आक्रमण थालेको आज एक महिना पुगेको छ ।

आफ्नो देशमा आक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरका नागरिकलाई अपिल गरी सडकमा उत्रिएर युक्रेनको पक्षमा समर्थन जनाउन आग्रह गर्नुभएको छ ।

रुसले स्वतन्त्रताविरोधी कदम चालेको उहाँको आरोप छ । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ यता निरन्तर आक्रमण गर्दै आएको छ । रुसले डेस्ना नदीमाथिको एउटा महत्त्वपूर्ण पुलमा क्षति गरेको छ भने चेर्निहिव सहर र राजधानी किएभबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ ।

रुस र युक्रेनबीच यसअघि पटक पटक शान्ति वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन । युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य बन्न खोजेको आरोपसहित रुसले आक्रमण सुरु गरेको थियो । त्यस्तै युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दिनुपर्ने रुसको चाहना छ ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया