बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने

 चैत १०, २०७८ बिहीबार ११:४५:२७ | एजेन्सी
unn.prixa.net

बेलायतले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनलाई झन्डै ६ हजार अतिरिक्त क्षेप्यास्त्र दिने घोषणाको तयारी गर्नुभएको छ ।

ब्रसेल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरुको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्ने बीबीसीले जनाएको छ । यसअघि बेलायतले झन्डै चार हजार क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ ।

नेटोको आपत्कालीन बैठक तथा जी–सेभेन शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ब्रसेल्स पुगेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया