चीनका विदेशमन्त्री वाङ अफगानिस्तानमा, आर्थिक सहयोगबारे छलफल हुने

 चैत १०, २०७८ बिहीबार १४:४९:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनका विदेशमन्त्री वाङ यी अफगानिस्तान जानुभएको छ । उहाँ आज बिहीवार बिहान अफगानिस्तान पुग्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

गएको अगस्टमा तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तान पुग्ने वाङ पहिलो विदेशमन्त्री हुनुहुन्छ । तालिवान सरकारका उच्च अधिकारी अहमद यासिरले चीनका विदेशमन्त्री काबुल आएको जानकारी दिँदै उहाँ इस्लामिक सहयोग सङ्गठनको बैठकमा पनि सहभागी हुने बताउनुभएको खबरमा उल्लेख छ ।

चीनले अर्को हप्ता अफगानिस्तानमा सहयोग गर्नेबारे छिमेकी देशहरूसँग छलफल गर्न लागेको छ । काबुल भ्रमणका क्रममा विदेशमन्त्री वाङले अफगानिस्तानलाई आर्थिक सहयोग जुटाउनेबारे छलफल गर्नुहुनेछ । 

चीन र अफगानिस्तानबीच ७६ किलोमिटर लामो सीमा रहेकाले चीनले अफगानिस्तानबाट आतङ्कवादी खतरा नहोस् भनेर छलफललाई तीव्रता दिइरहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया