स्थानीय तह चुनाव : आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सुरु

 चैत १०, २०७८ बिहीबार १८:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावकाे तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । 

आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ ठाउँमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा सञ्चालन गरिने आयोगले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलले आयोगमा पठाएका विवरणहरूको रुजु गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि जानकारी दिनुभयाे । 

सहप्रवक्ता अर्यालले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न चार वटा समूहमा सङ्घ–संस्था सूचीकृतका लागि सूचना गरिएकोमा अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रसारणमा १५ वटा, सूचना एवंम् सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवर्द्धनमा ४५ वटा सङ्घ–संस्थाको आवेदन दर्ता भएको पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया