नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

 चैत ११, २०७८ शुक्रबार ७:८:६ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताउनुभएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि बताउनुभएको छ ।

'प्रतिबन्धले पुटिनलाई रोक्छ त ?' भन्ने पत्रकारको जिज्ञासामा बाइडेनले भन्नुभयो, ‘सबैभन्दा महत्त्वपूर्ण विषय प्रतिबन्धको कार्यान्वयन र निरन्तरता हो, एक महिनापछि रुस आफ्नो कदमबाट पछि हट्न बाध्य हुनेछ ।’ रुसले आणविक हतियारको प्रयोग गरेमा अमेरिकाले त्यसको उचित जवाफ दिने बाइडेनले चेतावनी पनि दिनुभयो ।

नेटोमा अहिले ३० वटा देश पुगिसकेका छन्, हिजोको बैठकले रुसको प्रभाव रोक्न युक्रेनलाई थप सहयोग गर्ने र पूर्वी युरोपमा थप सेना तैनाथ गर्ने निर्णय गरेको छ । यसैबीच, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनलाई समर्थन र सहयोग जारी राख्ने र बढाउने नेटो गठबन्धनको निर्णयले द्वन्द्व चलिरहोस् भन्ने देखाएको बताउनुभएको छ ।

युक्रेनलाई सशस्त्र बनाउने र थप सहयोग गर्ने पश्चिमाहरुको निर्णयले तत्कालै युद्ध रोकिने सम्भावना नरहेको विदेशमन्त्री लाभरोभले बताउनुभएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया