बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशको आग्रह

 चैत ११, २०७८ शुक्रबार ८:४९:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् ।

तालिबानले  सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट रोक्न आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

तालिबानको शक्ति केन्द्र मानिएको कान्दाहारमा बालिकाको लागि पढाइ र अन्य क्रियाकलापमा निकै मुस्किल पर्दै गइरहेको छ । बालिका स्कुल नखोलेमा तालिबान सरकारले सहयोग नपाउने पनि अमेरिका र युरोपेली देशले चेतावनी दिएका छन् । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया