सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा सरकारी गाडी फिर्ता

 चैत ११, २०७८ शुक्रबार ९:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी गाउँपालिकालाई नै फिर्ता गरेका छन् । स्थानीय तहको चुनावको लागि आचार संहिता लागू हुनुअघि नै अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले गाडी फिर्ता गर्नुभएको हो । 

‘कार्यालय समयमै पुग्न सजिलो होस् भनेर मलाई नागरिकले विश्वास गरेर दिएको गाडीको साँचो घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरलाई जिम्मा लगाएको छु’ अध्यक्ष भोलनले भन्नुभयो ।

यस्तै उपाध्यक्ष सुनुवारले नागरिकले दिएको नासो नागरिकलाई नै फिर्ता गरेको बताउनुभयो । आफूले चुनाव प्रचार सुरु गरिसकेको र प्रचारको क्रममा सरकारी गाडी प्रयोग गर्दा पदको दुरुपयोग हुने ठानेर गाडी फिर्ता गरेको अध्यक्ष भोलनको भनाइ छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले अध्यक्ष र उपाध्यक्षले चुनावको आचारसंहिता लागू हुनु अगावै आफूहरुले प्रयोग गर्दै आउनुभएको गाडीको साँचो गाउँपालिकालाई जिम्मा लगाएर सराहनीय काम परेको बताउनुभयो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया