युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भयाे : विश्व व्यापार सङ्गठन

 चैत ११, २०७८ शुक्रबार १५:२१:२१ | एजेन्सी
unn.prixa.net

विश्व व्यापार सङ्गठनका महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भएको दाबी गर्नुभएको छ । युद्ध सुरु भएपछि निरन्तर बढिरहेको मूल्यका कारण गरिब देशहरूमा खाद्य सङ्कटसमेत हुने सम्भावना रहेको उहाँले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । 

गरिब देशहरूमा खाद्यवस्तुकाे नियमित आपूर्तिलाई लिएर चिन्ता गर्नुपर्ने बेला भएको भन्दै उहाँले खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकोले सबै सजग हुनुपर्ने बताउनुभयो । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उहाँको भनाइ छ । 

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया