अफगानिस्तानमा छात्रालाई स्कुल जानबाट रोक लगाइएको निर्णयप्रति अमेरिका असन्तुष्ट

 चैत १२, २०७८ शनिबार ८:११:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको प्रति अमेरिकाले असन्तुष्टि व्यक्त गरेको छ।

छात्रालाई विद्यालय जानबाट रोक लगाउनु गलत भएको भन्दै अमेरिकाले तालिबानसँग  हुने भनिएका सबै बैठक रद्द गरेको बीबीसीले जनाएको छ।

अमेरिकी विदेश सचिव एन्टाेनी ब्लिङ्कनले इस्लामिक शासनले छात्रालाई विद्यालय जानबाट वञ्चित गराएकोमा आलोचना गर्दै शिक्षा सबैको अधिकार भएको बताउनुभएको छ । तालिबान सरकारले छात्रालाई  विद्यालय जान रोक लगाएपछि स्कुल जाने  तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन्। दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका काम गर्न दिने निर्णय गरेको भए पनि फेरि अहिले निर्णय बदलेर विद्यालय जानबाट रोक लगाएको हो ।

तालिबानको यो निर्णप्रति संयुक्त राष्ट्रसङ्घले समेत आपत्ति जनाएको छ। 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया