युक्रेनकाे मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गयो

 चैत १२, २०७८ शनिबार ८:३०:२० | एजेन्सी
unn.prixa.net

युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो ।

रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय  नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएकाे बीबीसीले उल्लेख गरेको छ ।

रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । मारिओपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै ठाउँमा रुसी आक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको घटना हो।

रुसी सैनिकको घेराबन्दीमा रहेको मारिओपोल सहरको धेरै ठाउँमा सञ्चार सेवा बन्द भएकाे छ। 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • चन्द्रमणी पौडेल

    March 26, 2022, 11:26 a.m.

    संयुक्त राष्ट्र संघ एवं विश्व मानव अधिकार संगठन ले यस्तो अमानवीय क्रूर युद्धमा रोक लगाउनु पर्ने हो, शक्तिशाली राष्ट्रका अगाडि जुनसुकै संघ सँस्था र कानुन ले पनि घुँडा टेक्ने रहेछ । यसबाट स्पष्ट हुन्छ कि गरीब देश र जनता आन्यायमा परे भने न्याय अवश्य पाउदैन गल्ती र कमजोरीको लागी भने उ माथि सत् प्रतिशत कानुनको कठघरामा उभ्याउने छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया