रुसद्वारा युक्रेनमा पहिलो चरणको युद्ध सकिएको घोषणा : अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने

 चैत १२, २०७८ शनिबार १५:१९:३१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको बताउनु भएको बीबीसीले जनाएको छ ।

एक महिनाअघि युक्रेनमा आक्रमण शुरु गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने संकेत गर्दै अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने बताएको छ । युक्रेनको बलियो प्रतिवादका कारण अघि बढ्न नसकिरहेको रुसले केही सहरहरू कब्जा गरेर युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनको राजधानी किएभलाई पनि घेराबन्दी गरिराखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गर्न सैन्य कारबाही गरेको बताए पनि युद्धको उद्देश्य अझै पूरा भएको छैन । आफूसँगको युद्धमा १६ हजार रुसी सेनाको ज्यान गएको युक्रेनले दाबी छ । रुसी सेनाले युक्रेनको आबासीय भवन, अस्पताललगायतका संवेदनशील ठाउँमा पनि आक्रमण गर्दै आएको छ । 
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया