अफगानिस्तानमा छात्राका लागि विद्यालय खुलाउन माग गर्दै प्रदर्शन

 चैत १२, २०७८ शनिबार १८:४४:४० | एजेन्सी
unn.prixa.net

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले विद्यालय खोल्न  माग गर्दै प्रदर्शन गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारीको माग छ । साथै उनीहरुले पदर्शनलाई राजनीतिक रुपमा नलिन पनि आग्रह गरेका छन् । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन/अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

सरकारको घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो । तालिबान सरकारले गएको हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै छात्रालाई विद्यालय जान रोक लगाएको हो । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया