युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप

 चैत १३, २०७८ आइतबार ९:३:२८ | एजेन्सी
unn.prixa.net

युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ ।

युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ । 

बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा रहेको युक्रेनको लभिभ सहरमा आक्रमण गरेको छ । साथै बाइडेनको टिप्पणीमा जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय बाइडेनको नभइ रुसी नागरिकको रहेको प्रतिक्रिया दिएको छ ।

क्रेमलिनले रुसी नागरिकले चुनेका पुटिनबारे निर्णय गर्ने बाइडेन को हुन् ? भन्ने प्रश्न समेत गरेको बीबीसीले जनाएको छ ।

तस्बिर : एआई एरेबिया

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया