स्थानीय तह चुनाव : सबैभन्दा धेरै मतदाता काठमाण्डाै महानगरमा, मनाङकाे नार्पाभूमिमा सबैभन्दा कम

 चैत १३, २०७८ आइतबार २०:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पालिकातर्फ सबैभन्दा धेरै मतदाता काठमाण्डौ महानगरपालिकामा रहेका छन् । काठमाण्डौ महानगरपालिकामा तीन लाख दुई सय ४२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो नम्बरमा पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् भने तेस्रो नम्बरमा चितवनको भरतपुर महानगरपालिका  छ । यहाँ एक लाख ८५ हजार सात सय ५२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै पालिकामा सबैभन्दा कम मतदाता मनाङको नार्पाभूमि गाउँपालिकामा जम्मा चार सय ४८ जना मात्रै रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा मनाङकै चामे गाउँपालिकामा सात सय ११ जना र तेस्रो नम्बरमा डोल्पाको छार्का ताङसोङ गाउँपालिका रहेको छ । यहाँ नौ सय ६७ मतदाता रहेका छन् ।

यस्तै जिल्ला अन्तर्गत सबैभन्दा धेरै मतदाता मोरङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ जना मतदाता रहेका छन् । दोस्रो नम्बरमा झापा रहेको छ । झापामा ६ लाख ४६ हजार दुई सय ३४ र तेस्रो नम्बरमा रहेको काठमाण्डौमा ६ लाख ३७ हजार सात सय ७५ जना मतदाता रहेका आयोगले जनाएको छ ।

यस्तै जिल्लातर्फ सबैभन्दा कम मतदाता मनाङमा ६ हजार चार सय ९६ जना रहेका छन् । पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रेम प्रसाद भट्टराई

    March 27, 2022, 8:42 p.m.

    अन्तिम हरफ हेर्नुस् त , झापा होइन होला कि ??

  •  0 Reply

तपाईको प्रतिक्रिया