रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने चेतावनी

 चैत १३, २०७८ आइतबार २०:५०:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुस र पश्चिमा देशबीच अन्तरिक्ष अन्वेषण परियोजनामा भइरहेको सहकार्य जोखिममा परेको छ । रुस–युक्रेन युद्धका कारण अन्तरग्रह अनुसन्धान र भू–उपग्रहहरूको प्रक्षेपण दुवै प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा विभाजनको सम्भावना देखिएको बीबीसीले जनाएको छ ।

सन् २००० यता आईएसएस सञ्चालनमा रुस र अमेरिकाको मुख्य भूमिका छ । तर अहिले रुस–युक्रेन युद्धलाई लिएर आईएसएसबारे पनि आरोप प्रत्यारोप भइरहेको छ । रुसी अन्तरिक्ष निकाय रसकोसमसका प्रमुख डिमित्री रोगोजीनले रुसमाथिका प्रतिबन्धहरूका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पृथ्वीमा ठोक्किन सक्ने अभिव्यक्ति दिएपछि समस्या झनै बढेको छ । रुसले स्टेशनको प्रपल्सन प्रणालीको संवेदनशील पक्षलाई नियन्त्रण गर्छ जसले पृथ्वीको वायुमण्डलतर्फ केन्द्रका संरचनाहरूलाई तानिनबाट रोक्छ ।

यस्तै रुसले अमेरिकी कम्पनीहरूलाई रकेट इन्जिनहरू आपूर्ति गर्न बन्द गर्ने पनि जनाएको छ । अमेरिकी र रुसीहरूले शीतयुद्धको समयमा समेत गरी दशकौँदेखि अन्तरिक्ष मामिलामा सहकार्य गर्दै आएका छन् ।  यस्तै युद्ध सुरु भए यता रुस र युरोपेली अन्तरिक्ष केन्द्रबीचको समझदारीहरू स्थगन या निलम्बन गरिएका छन् । युरोपेली अन्तरिक्ष निकायले अनिश्चितकालीन रूपमा अन्तरिक्षसम्बन्धी आफ्ना कार्यक्रम स्थगित गरेको छ । युरोपेली अन्तरिक्ष निकायले आफ्ना सदस्य राष्ट्रले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ ।   

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया