पाकिस्तानमा प्रधानमन्त्री खान विरुद्ध प्रदर्शन

 चैत १४, २०७८ सोमबार ८:३२:२१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेकाे छ । 

विपक्षी  पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ ।

गएको ८ तारिखमा  विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।  यसैबीच, प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध षड्यन्त्र भइरहेको भन्दै राजीनामा नदिने बताउनु भएको छ ।  

एक खास समूह विगत ३० वर्षदेखि पाकिस्तान विरुद्ध सक्रिय रहेको र त्यही समूहले अहिले जनप्रतिनिधिलाई खरिद गर्न खोजेको उहाँको आरोप छ ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया