युक्रेनलाई तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार छाैँ : राष्ट्रपति जेलेन्स्की

 चैत १४, २०७८ सोमबार १५:१८:२२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार रहेको बताउनुभएको छ । 

स्वतन्त्र रुसी पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले शान्ति सम्झौताका लागि तटस्थ हैसियत कायम गर्ने गरी छलफल गर्न तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । तर उहाँले त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने बताउनुभयो । रुसी भाषामा अन्तर्वार्ता दिनुभएका जेलेन्स्कीले रुसी आक्रमणले युक्रेनको रुसी भाषा बोलिने सहरहरू ध्वस्त पारेको पनि बताउनुभयो । 

युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसै हप्ता टर्कीमा हुँदैछ । युक्रेनले निःशस्त्रीकरण हुनुपर्नेजस्ता माग भने अस्वीकार गरेको जेलेन्स्कीले बताउनुभयो । जेलेन्स्कीले आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने बताउनुभएको छ । 

कुराकानीमा उहाँले अब पनि युद्ध लम्बिँदै गएमा तेस्रो विश्व युद्ध सुरु हुने खतरा बढेकाले आफूले शान्तिवार्तालाई जोड दिएको बताउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया