रुसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेनद्वारा विरोध

 चैत १५, २०७८ मंगलबार ७:२:३० | एजेन्सी
unn.prixa.net

रूसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेन देशले विरोध गरेका छन् ।

विश्वका ठूला सात औद्योगिक देशको समूह (जी–सेभेन) समूहका सदस्य देशले रुबलमा भुक्तानी गर्नुपर्ने निर्णय अस्वीकार्य हुने जनाएका हुन् । जी–सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका रहेका छन् ।

जी सेभेन देशका ऊर्जा मन्त्रीहरुले रुसले विद्यमान सम्झौताको एकपक्षीय उल्लङ्घन गरेको निष्कर्ष निकालेका समाचार संस्था एएफपीले जनाएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागको पालना नगर्न सरोकारवाला कम्पनीलाई आह्वान गर्नुभएको छ ।

जर्मनीले जी–सेभेनको अध्यक्षता गरिरहेको छ । रुसी राष्ट्रपति पुटिनले गएको हप्ता सबै युरोपेली सङ्घमा समावेश देशलाई प्राकृतिक ग्यास वितरणका लागि रूबल भुक्तानी गर्नुपर्ने घोषणा गर्नुभएको थियो ।

युक्रेनमा आक्रमणपछि पश्चिमाले देशले लगाएको प्रतिबन्धको बाबजुद मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन यो कदम चालेको विश्लेषण गरिएको छ । फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोले शुक्रवार ‘ग्यास–फर–रूबल’ को मागलाई अस्वीकार गरिसक्नुभएको थियो ।

तस्बिर : अरब न्युज

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया