त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
ताप्लेजुङ - पाथीभरा दर्शन गर्न आएका एक जना व्यक्तिको पाथीभरा परिसरमा लडेर ज्यान गएकाे छ । सुनसरीको इटहरी नगरपालिका–८ का खिनबहादुर ढुङ्गानाको लडेर हिजाे ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा लड्नु भएकाे थियाे।
प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुङ्गानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शव शवगृहमा राखिएको छ ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा उहाँलाई लेक लागेको हुनसक्ने चिकित्सकको अनुमान छ । ढुङ्गाना परिवारसहित पाथीभराकाे दर्शनमा आउनु भएकाे थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।