वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुल्दै

 चैत १५, २०७८ मंगलबार ८:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ।

दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठककाे उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो।

२०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो । गद्दी बैठक खुला गरेपछि त्यहाँ रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र हेर्न सकिने खनालले बताउनुभयो।

गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ साल असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यहीदिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दी बैठककाे उद्घाटन गर्नु भएको थियो।

पुनर्निर्माण सके पनि भित्रको व्यवस्थापन मिलाउन बाँकी रहेकाले प्रवेश खुला गर्न केही ढिलाइ भएको थियो । गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा नवशास्त्रीय शैलीमा बनेको हो, जहाँ विदेशी राष्ट्रअध्यक्षहरुको स्वागतमाविशेष समारोह गरिन्थ्यो। गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया