रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग युक्रेनका राष्ट्रपति जेलेन्स्कीको आग्रह

 चैत १५, २०७८ मंगलबार ९:५:१४ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग पुनः आग्रह गर्नुभएको छ ।

अहिले पश्चिमा देशले लगाएका प्रतिबन्धलाई उहाँले ‘निस्क्रिय’ प्रतिबन्धका रुपमा टिप्पणी गर्नुभएको छ ।

‘विश्वका शक्ति राष्ट्रले रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन सकेको भए युक्रेनमाथि रुसको आक्रमण पहिले नै रोकिने थियो’ भिडियो सन्देशमा जेलेन्स्कीले भन्नुभएको छ ।

उहाँले अब पनि सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि रुसी तेलमाथि प्रतिबन्धसहित कडा कदम चाल्न अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनमा आक्रमणको ३५औँ दिन भइसकेको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया