रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुँदै

 चैत १५, २०७८ मंगलबार ९:३०:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ ।

युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ ।

हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ।

रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूसी र युक्रेनी प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक फेब्रुअरी २८ मा बेलारुसमा वार्ता भएको थियो । त्यस्तै बेलारुसमै दोस्रो चरणको वार्ता गएको मार्च ३ तारिख, तेस्रो चरणको ७ तारिख र चौथो चरणको वार्ता १४ तारिखमा भएको थियो । वार्तालाई निरन्तरता दिँदै उनीहरुले पाँचौँ चरणको वार्ता गर्न लागेका रुसी समाचार संस्था तासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया