चैत १५ गतेसम्म महानगरकाे ४ अर्ब ३० करोड रुपैयाँ बजेट खर्च, साढे ७ करोडको इन्धन, बैठक भत्तामा १४ लाख

 चैत १५, २०७८ मंगलबार १७:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा चार अर्ब तीस कराेड रुपैयाँ खर्च गरेको छ । महानगरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि चैतको १५ गतेसम्म चार अर्ब ३० करोड ६३ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

यसमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड तीन लाख रुपैयाँ र पुँजीगत अर्थात् विकास बजेटतर्फ एक अर्ब ५१ करोड ६० लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । महानगरले यो वर्षका लागि १६ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा अहिलेसम्म चालु र र पुँजीगत गरेर २६ दशमलव पाँच प्रतिशत खर्च भएको छ ।

महानगरले आठ महिनामा गरेको क्षेत्रगत खर्चको विवरण पनि सार्वजनिक गरेको छ । आठ महिनामा सबैभन्दा धेरै कर्मचारीको पारिश्रमिकमा रकम खर्च भएको छ । साउनदेखि फागुनसम्म कर्मचारीको तलब/भत्तामा एक अर्ब आठ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै महानगरले आठ महिनामा सात करोड ५७ लाख रुपैयाँको इन्धन खर्च गरेको छ । यस्तै गाडी मर्मतमा ५४ लाख, पत्रपत्रिका, छपाइ र सूचना प्रकाशनमा एक करोड ८० लाख रुपैयाँ खर्च भएको छ । महँगी भत्तामा दुई करोड ७४ लाख, बैठक भत्तामा १४ लाख चार हजार, प्रोत्साहन तथा पुरस्कारमा १४ करोड ३२ लाख रुपैयाँ खर्च भएको महानगरपालिको जनाएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया