अझै केही दिन मौसम धुम्म हुने, काठमाण्डौकाे हावामा धुवाँ र धुलो थुप्रियो

 चैत १५, २०७८ मंगलबार १७:२८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अझै केही दिन धुम्म रहने मौसमविद्ले बताएका छन् । तत्काल ठूलो पानी पर्ने वा ठूलो हावाहुरी चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम खुल्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

लामो समयदेखि ठूलो पानी नपरेको र राम्ररी हावा नचलेकाले मौसम धुम्मिएको उहाँले बताउनुभयो । काठमाण्डौमा धुवाँ र धुलो थुप्रिएकाले प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै पनि देखिएको छ । स्थानीय वायुको प्रभावका कारण देशको केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि त्यतिले मात्रै धुलो र धुवाँ नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैबीच मौसम धुम्म हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान र अवतरण प्रभावित भएका छन् । कम भिजिविलिटी भएका कारण विमानस्थलको उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आन्तरिकतर्फका दर्जनौँ उडान ढिला भएका छन् भने केही रद्द भएका छन् ।

भिजिविलिटी कम हुँदा हिजो साेमवार पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया