काठमाण्डौको सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गयो, बुवा गम्भीर घाइते

 चैत १६, २०७८ बुधबार ११:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गएको छ । बालिकाका बुवा गम्भीर घाइते भएका छन् ।

बिहान पौने ८ बजेतिर बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा स्कूल जाँदै गरेका बेला उनीहरुलाई बा ४ ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार बालिकाका बुवा रोहन घिसिङले मोटरसाइकल चलाउनु भएको थियो । अर्को गाडीलाई बाटो छोड्ने क्रममा टिप्पर ब्याक सर्दा मोटरसाइल किचीएको स्थानीयबासिन्दालाई उदृत गर्दै घटनास्थलमा रहेका प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउने एउटा बालिकाको उमेर ८ वर्षको छ भने अर्की बालिकाको उमेर १० देखि १२ वर्षको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालिकाका बुवा रोहन घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया