पाकिस्तान : इमरान खान नेतृत्वको सरकार अल्पमतमा, तल्लो सदनमा बहुमत गुमायो

 चैत १६, २०७८ बुधबार १२:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।

सत्ता साझेदार दल  एमक्यूएमले समर्थन फिर्ता गरेसँगै खान नेतृत्वको सरकारले तल्लो सदनमा बहुमत गुमाएको छ । संसदमा सरकार समर्थक सांसदको संख्या एक सय ६४ छ भने विपक्षी सांसदको संख्या एक सय ७७ छ । बहुमतका लागि एक सय ७२ सांसदको आवश्यक पर्ने हुन्छ ।

विपक्षी दलले प्रधानमन्त्री खान विरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलिदेखि छलफल हुने छ भने आउँदो आइतबार अविश्वासको प्रस्तावमाथि मतदान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भ्रष्टाचारमा संलग्न भएको भन्दै पाकिस्तानका प्रधानमन्त्री खान विरुद्ध विपक्षी दलले विरोध गर्दै आएको छ । तर, खानले आफू माथि लागेको आरोपको खण्डन गर्दै आउनु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया