लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो

 चैत १६, २०७८ बुधबार १५:२६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । 

शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्ध लघुवित्त संस्थाको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । बजार बढे पनि युनिलिभर नेपाल लिमिटेडको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया