नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए, वाचा पूरा गरेँ : प्रचण्ड

 चैत १६, २०७८ बुधबार १९:२६:७ | रासस
unn.prixa.net

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभएको छ । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उहाँले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताउनुभएको हो । 

आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्ध कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उहाँले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाण्डौ बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता भइ नै रह्यो ।’ उहाँले आफूले जनतासँग गरेको वाचा पूरा गरेको बताउनुभयो । 

नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उहाँको भनाइ थियो । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको उहाँले बताउनुभयो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरिएको बताउनुभयो । विगतमा अभिशाप बनेको नारायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा वरदानको रूपमा परिणत हुने उहाँको भनाइ थियो । आयोजना सम्पन्न हुँदा दुई सय ९० बिघा जमिन संरक्षण हुने र केही रकम लागत खर्चबापत लिएर त्यो क्षेत्र उकास भएको जमिन सम्बन्धित जग्गा धनीलाई नै दिने आयोजनाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । तोकिएकै समयमा गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्माण व्यवसायी  र सम्बन्धित कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । 

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुःख भोग्नु नपर्ने बताउनुभयो । यो आयोजनाले नागरिकको जनधनको रक्षा गरेको भन्दै आफूले चुनावका बेला गरेको वाचा पूरा गरेको उहाँको भनाइ छ । चार अर्ब ३२ करोड रुपैयाँको लागतमा सुरु भएको नदी नियन्त्रणको काम दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया