रुसले सैन्य गतिविधि कम गरेन : युक्रेन

 चैत १६, २०७८ बुधबार २०:२९:१ | एजेन्सी
unn.prixa.net

रुसले सैन्य गतिविधि धेरै कम गर्ने घोषणा गरेको भए पनि उत्तरी शहर चेर्निहिभमा बमबारी गरेको युक्रेनले बताएको छ । 

टर्कीमा भएको वार्तामा प्रगति भएको भन्दै रुसी रक्षा मन्त्रालयले हिजो मङ्गलवार युक्रेनको राजधानी किएभ र चेर्निहिभ सहरमा सैन्य गतिविधि कटौती गर्ने घोषणा गरेको थियो । चेर्निहिभका गभर्नर भिचास्लाभ चाउसले रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । 

युक्रेन र रुसका प्रतिनिधिहरूले हिजो टर्कीको इस्तानबुलमा तीन घण्टा लामो वार्ता गरेका थिए । हिजोको वार्तालाई फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि भएका वार्तामध्ये प्रगतिको पहिलो सङ्केतको रूपमा लिइएको थियो । 

यसैबीच युद्ध सुरु भएपछि ४० लाख युक्रेनीहरूले देश छाडिसकेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सी (यूनएचसीआर) ले जनाएअनुसार चार लाख १९ हजारभन्दा धेरै युक्रेनीहरू गएकाे फेब्रुअरी २४ को आक्रमणपछि देशको सिमाना पार गरी भागेका थिए । तीमध्ये  २३ लाखभन्दा बढी पश्चिमबाट पोल्यान्ड गएका थिए । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया