रुसी सेना र राष्ट्रपति पुटिनबीच तनावको अवस्था आएको अमेरिकाको दाबी

 चैत १७, २०७८ बिहीबार ११:२:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सेनाको नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस गरेका दाबी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गरेको हो । यही कारण पुटिन र सैनिक नेतृत्वबीच तनाव सिर्जना भएको दाबी पनि ह्वाइट हाउसले गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथिको आक्रमण रुसको रणनीतिक रुपमा गम्भीर गल्ती रहेको र यसले रुसलाई लामो समयसम्म कमजोर बनाउने स्पष्ट भएको अमेरिकाको भनाई छ ।

रुसी सेनाका वरिष्ठ सल्लाहकारले राष्ट्रपति पुटिनलाई युद्धमैदानमा सेनाको अवस्था बारे बताउन डराएका खबरमा उल्लेख गरिएको छ । पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन जानकारी समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसको भनाइ छ । पश्चिमा देशका अधिकारीले युद्धको पूर्ण जानकारी पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया