रुसले अरु देशबाट हुने अनधिकृत आयातलाई अनुमति दिँदै

 चैत १७, २०७८ बिहीबार १३:२०:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले ट्रेडमार्कको स्वामित्व रहेकाको स्वीकृतिबीना नै आयातलाई अनुमति दिने भएको छ । आफ्ना उत्पादनलाई रुसमा निर्यात रोक्ने पश्चिमा देशको प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले यो निर्णय गरेको हो ।

यसअघि ट्रेडमार्क धनीको अनुमतिबिना रुसमा सामान बेच्न नमिल्ने व्यवस्था रहेको थियो । आयात गरिने उत्पादनको सूचीबारे उद्योग तथा व्यापार मन्त्रालयसँग समन्वय गर्नुपर्ने रुसको सरकारले जनाएको छ । प्रधानमन्त्री मिखाइल मिशुस्टिनले साना र मध्यम खालका व्यवसायको लागि राहत योजनाको अंशको रूपमा समानान्तर आयातलाई अनुमोदन गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणपछि पश्चिमा देशले लागू गरेको प्रतिबन्धका कारण मुद्रास्फीति वृद्धि भएको छ । रुबलको मूल्य घटेको बेला रुसको वार्षिक मुद्रास्फीति बढेर यसै हप्ता १५ दशमलव ६६ प्रतिशत पुगेको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया