श्रीलङ्कामा आजदेखि डिजल बिक्री बन्द, दैनिक १३ घण्टा लोडशेडिङ

 चैत १७, २०७८ बिहीबार १८:२७:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : अल जजिरा

काठमाण्डाै – गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज बिहीवारदेखि डिजलको बिक्री ठप्प भएको छ । विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ । 

डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका छैनन् । पेट्रोल पम्पको बाहिर कैयौँ किलोमिटर गाडीको लामो लाइन लागेको खबरमा उल्लेख छ । श्रीलङ्काका यातायात मन्त्री दिलम मुनुगामाले देशसँग निकै थोरै मात्र डिजल रहेको र यो डिजल अत्यावश्यक कामका लागि मात्रै वितरण हुने बताउनुभएको छ । 
यस्तै हिजो बुधवार १० घण्टा लोडशेडिङ गरेको सरकारले आजदेखि दैनिक १३ घण्टा लोडशेडिङ गर्ने भएको छ । इन्धन र बिजुली उपलब्ध नभएपछि नागरिकले आक्रोशित हुँदै प्रदर्शन गरेका छन् । इन्धन र स्वास्थ्य सामग्रीको अभावका कारण कैयौँ सरकारी अस्पतालले शल्यक्रिया सेवा बन्द गरेका छन् । रसायन आपूर्ति गर्ने पैसा नहुँदा प्रयोगशालाको काम पनि ठप्प भएको छ । 
श्रीलङ्काले स्वतन्त्र देशको मान्यता पाएयताकै खराब आर्थिक सङ्कटमा परेको छ । चुनाव जित्नका लागि यसअघिको सरकारले गरेको घर कर छुट, कोरोना महामारीका कारण पर्यटक आगमन रोकिनु लगायतका कारण श्रीलङ्का आर्थिक सङ्कटमा फसेको हो । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया