रणनीतिक तेल भण्डारणबाट दैनिक १० लाख ब्यारेल तेल निकाल्ने अमेरिकी राष्ट्रपति वाइडेनको घोषणा

 चैत १८, २०७८ शुक्रबार १२:०:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो वाइडेनले भण्डारणबाट दैनिक १० लाख ब्यारेल पेट्रोलियम निकालेर बिक्री गर्ने घोषणा गर्नुभएको छ । रुसबाट पेट्रोलियम आपूर्ति बन्द गरेपछि अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढीरहेको छ, मूल्य नियन्त्रण गर्न र रुसी तेल आयात नहुँदा अभाव हुन नदिन रणनीतिक पेट्रोलियम भण्डारणबाट ६ महिनासम्म दैनिक १० लाख ब्यारेल  पेट्रोलिम निकालिने बाइडेनले बताउनुभएको वासिङ्टन पोष्टले जनाएको छ ।

अमेरिकाले ४६ वर्षपछि भण्डारणबाट यतिधेरै परिमाणमा पेट्रोलियम बाहिर निकाल्न लागेको हो । रुसबाट तेल र ग्यास आयात बन्द गरेपछि मूल्य बढ्दा राष्ट्रपति बाइडेनको आलोचना भइरहेको थियो । हिजो भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति वाइडेनले केही अमेरिकी कम्पनीले मौकाको फाइदा उठाउँदै पेट्रोलियममा उच्च नाफा कमाइरहेको तर यो नाफा कमाउने नभई सरकारसँग उभिएर समस्याको समाधान गर्ने समय भएको बताउनुभएको छ । तेलको भाउ ठूलो अन्तरले तलमाथि हुन नदिन उपयुक्त कानुन बनाउन संसदले सहयोग गर्नुपर्ने पनि वाइडेनले बताउनुभएको छ ।

युक्रेन मात्रै नभई विश्वभरको लोकतन्त्रको रक्षाको लागि र रुसको क्रुर आक्रमणको विरोधमा अमेरिकाले विभिन्न कदम चालेको र यसलाई सफल बनाउन पनि बाइडेनले आग्रह गर्नुभएको छ । बाइडेनको घोषणासँगै अमेरिकी बजारमा कच्चा तेलको मूल्य चार प्रतिशतले घटेको छ । अमेरिकाले दैनिक १० लाख ब्यारेल तेल भण्डारणबाट निकाल्दा अमेरिका मात्रै नभई विश्वभरको मूल्य नियन्त्रण गर्न सकिने अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको रणनीतिक तेल भण्डारणमा ७० करोड ब्यारेल भन्दा धेरै परिमाणमा पेट्रोलियम रहेको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया