त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा 'फ्यालेट्स' नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको छ । एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्यालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो ।
एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्यालेट्स प्रयोग भएमा त्यो हानिकारक मानिन्छ । नेपालमा उत्पादन हुने ५३ वटा कम्पनीको नमुना पठाइएकोमा चार वटा कम्पनीबाहेक सबैमा केमिकलको मात्रा धेरै रहेको पाइएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम चरित्र शाहले बताउनुभयो । बङ्गलादेशलगायतका कतिपय देशमा मापदण्डभन्दा एक सय २२ गुणसम्म बढी पाइएको उहाँले बताउनुभयो ।
आयातित इरेजरको तुलनामा नेपालमा उत्पादन गरिएका इरेजरमा केमिकलको मात्रा कम रहेकोले नेपालमा उत्पादन भएका इरेजर प्रयोगमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । फ्यालेट्स केमिकलको प्रभावले हर्मोन उत्पादनमा असर गर्ने भएकाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा समेत असर पुर्याउने गर्छ । यसका साथै यो रसायनको प्रभावले प्रजजन क्षमतामा समेत असर पर्न सक्ने जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शाहकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।